Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • महाअभियोग पुष्टि हुने प्रमाण भन्दै नेपाल बारले बुझायो सिफारिस समितिलाई ३४ बुँदे पत्र

    महाअभियोग पुष्टि हुने प्रमाण भन्दै नेपाल बारले बुझायो सिफारिस समितिलाई ३४ बुँदे पत्र

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 903
    SHARES

    काठमाडौं । महाअभियोग लागेर निलम्बनमा रहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध नेपाल बार र सर्वोच्च बार एशोसिएसनले भ्रष्टाचारको प्रमाण पेस गरेका छन्।

    दुवै संस्थाले आइतबार महाभियोग छानबिन समितिलाई ३४ बुँदासहित प्रमाण पेस गरेका हुन्। उनीहरुले प्रमाण पेस गर्दै राणाविरुद्ध महाभियोग पुष्टि हुने दाबी गरेका छन्।



    छानबिन समितिले राणाव‍िरुद्धका प्रमाण पेस गर्न सूचना आह्वान गरेको थियो। बारले प्रमाण पेस गर्नुअघि काभ्रेपलाञ्चोकका उमेश बानियाँले राणाविरुद्ध उजुरी दिँदै प्रमाण पेश गरेका थिए।



    बारले मुख्य–मुख्य त्रुटिपूर्ण फैसला, आदेश र उनले न्याय परिषद्‌मा रहँदा गरेका कार्यविवरण र सर्वोच्च अदालत भवन निर्माणमा भएको अनियमितता सम्बन्धी उजुरीहरु पनि प्रमाणका रुपमा पेस गरिएको छ।

    प्रमाणका रुपमा बारले इच्छाराज तामाङको मुद्दामा अधिवक्ता रुद्रप्रसाद पोख्रेलद्वारा गरिएको घुस प्रकरणसँग सम्बन्धित अडिओ पनि पेस गरेको छ। बारले रञ्जन कोइरालाको मुद्दामा भएको फैसला, प्रेरणा राज्य लक्ष्मीको मुद्दामा भएको फैसला, ऐनको कर विवादको फैसलामा उनको भूमिकालगायत विषय प्रमाणमा संलग्न गरको छ।

    महाभियोग छानबिन समितिको बैठक १५ गते बस्दैछ। २० गतेसम्म प्रतिनिधि सभा प्रतिवेदन बुझाउने कार्यसूची रहेको छ। राणाविरुद्ध सत्ता गठबन्धनका सांसदहरुले फागुन १ गते २१ आरोप लगाउँदै महाभियोग दर्ता गरेका थिए। त्यसपछि उनीमाथि थप छानबिनका लागि ११ सदस्य छानबिन समिति निर्माण भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार