Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • दुबईमा रोजगारी लगाइदिने भन्दै ३८ लाख ठगी गर्ने चौधरी पक्राउ

    दुबईमा रोजगारी लगाइदिने भन्दै ३८ लाख ठगी गर्ने चौधरी पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 756
    SHARES

    काठमाडौं । दुबईमा एक लाख तलब हुने भन्दै रोजगारीमा लगाइदिने बहाना बनाएर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नवलपरासी घर भई गोंगबु बस्ने वर्ष ५४ को भोज बहादुर चौधरीलाई पक्राउ गरेको हो ।



    उनले नरबहादुर थनेतलगायतलाई दुबई जानको लागि प्रतिव्यक्ति आठ लाख रुपैयाँ लाग्ने र दुबई पुगेपछि आर्म्स गार्डको काम लगाइदिने भन्दै रकम असुली गरेको पाइएको प्रहरीले जनाएको छ ।



    उनले पीडितहरूबाट ३८ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो । विभागको पत्राचारपछि अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले चौधरीलाई सामाखुसीबाट पक्राउ गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार