काठमाडौं । सरकारले आजको प्रतिनिधिसभा बैठकमा संविधान संशोधन विधेयक पेश गर्ने भएको छ । दिउँसो २ बजे बस्ने संसद बैठकमा कानूनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
यसलाई सर्वसम्मत पारित गराउने उद्देश्यले सरकारले मंगलबार सर्वदलीय छलफल समेत गरेको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो ।
संविधान संशोधन विधेयक गत जेठ ९ गते संसद सचिवालयमा दर्ता गरिएको थियो । मन्त्रिपरिषद बैठकले गत जेठ ५ गते लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सा पारित गरेको थियो ।
Leave a Reply