Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • मकवानपुरमा हावाहुरीकाे वितण्डा: दुई जनाको मृत्यु, तीन घाइते

    मकवानपुरमा हावाहुरीकाे वितण्डा: दुई जनाको मृत्यु, तीन घाइते

    अनलाइन नेपाल
  • बुधबार, १४ जेष्ठ २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    मकवानपुर । मकवानपुरमा हावाहुरीकाे मंगलबार साँझा वितण्डा मचाउँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । हावाहुरीले रूख ढलेर लाग्दा उनीहरूकाे मृत्यु भएको हाे ।

    हावाहुरीले रुख ढल्दा राक्सीराङ–५ चैनपुरका ३५ वर्षीया वीरमाया प्रजा र राक्सीराङ–३ का छ वर्षीय बालक आयुष मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



    हुरीवतापछि रूख ढलेर लाग्दा घाइते भएका तीन जनालाई उपचारका लागि चितवन लगिएको छ । त्यसैगरी हावाहुरीले हेटौँडालगायत मकवानपुर जिल्लाको विभिन्न स्थानमा कर्कटपाताले निर्माण गरिएका घरका छानासमेत उडाएको छ ।



    हावाहुरीले लाखौँ मूल्य बराबरको फलफूल, तरकारी नष्ट गरेको छ । खेतमा लगाइएको भिण्डी, घिरौला, बोडी, लौका, सिमी, काउलीका साथै मकैबाली र आँपमा समेत क्षति पुर्‍याएको जिल्ला कृषि ज्ञान केन्द्र मकवानपुरले जनाएको छ । हावाहुरीले हेटौँडास्थित फरेष्टी कलेजमा एक दर्जन सालको रुख ढालेको र विद्युत् पोलसमेत ढालेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार