एजेन्सी । पश्चिमी सैन्य गठबन्धन नेटोका गोप्य सैन्य दस्तावेजहरू ह्याकरहरूको एक समूहले अनलाइन बिक्री गर्न लागेको विषयमा नेटोले छानबिन थालेको छ ।
उक्त दस्तावेजमा नेटो साझेदारहरूले युक्रेन युद्धमा उपयोग गरेका हतियारको ब्लुप्रिन्ट पनि संलग्न छन् । ह्याकरहरूले युरोपको प्रमुख हतियार निर्माताको डेटा चोरेर बेचेका हुन् ।
एमबीडीए मिसाइल सिस्टम्स नामक कम्पनीले आफ्नो डेटा पनि चोरिएको स्वीकार गरेको छ । तर गोप्य फाइलहरू आफ्नो नभएको उसको दाबी छ । फ्रान्समा केन्द्रीय कार्यालय रहेको युरोपव्यापी कम्पनीले आफूसँग भएको सूचना एक्सटर्नल हार्ड ड्राइभमार्फत चोरिएको बतायो ।
इटलीमा उक्त घटना भएको हो । एमबीडीएको एक आपूर्तिकर्ता वरपर अनुसन्धान घुमिरहेको बुझिएको छ । रुसी र अंग्रेजी फोरमहरूमा सक्रिय साइबर अपराधीहरूले ८० जीबीको डेटा चोरेर १५ बिटकोइनमा बेचिरहेका छन् ।
एक अज्ञात खरिदकर्तालाई उनीहरूले दस्तावेज बेचिसकेको बताइएको छ ।
Leave a Reply