काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनाव लक्षित प्रदेश प्रशिक्षणलाई तीव्रता दिएको छ ।
जस अन्तर्गत आज बागमती प्रदेशका नेता कार्यकर्तालाई प्रशिक्षण दिइने भएको हो।
बागमती प्रदेश समितिको बैठक ललितपुरको सिद्धार्थ कटेजमा सुरु भएको छ । बैठकमा बागमती प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीलाई सहभागी हुन आग्रह गरिएको छ ।
कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरुको सहभागिता रहने भएको छ ।
भोलि उपत्यका विशेष प्रदेश, १५ गते सम्पर्क समन्वय समिति प्रदेश, १६ गते कर्णाली प्रदेश र १७ गते सुदूरपश्चिम प्रदेशमा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने माओवादी केन्द्रको तयारी छ ।
Leave a Reply