काठमाडौं । नेपालले आइतबार तेस्रो टी-२० क्रिकेटमा केन्यासँग खेल्दै छ ।
पाँच टी-२० र तीन एक दिवसीय सिरिजका लागि केन्या भ्रमणमा रहेको नेपाली टोलीले आइतबार अपरान्ह घरेलु टोलीसँग तेस्रो टी-२० खेल्न लागेको हो ।
कमजोर मानिएको केन्याविरुद्ध पाँचै खेल जितेर आईसीसी ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयाता उकास्ने लक्ष्य लिएको नेपाल दोस्रो खेलमा १८ रनले पराजित भएको थियो । यससँगै नेपालको वरीयाता उकास्ने लक्ष्यमा गम्भिर धक्का लागेको छ ।
नेपालले आज केन्याविरुद्धको तेस्रो खेल नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे खेल्नेछ ।
पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा १–१ को बराबरी भएको छ । दुबै टोली दोस्रो जितको खोजीमा छन् । गत बिहीबार सम्पन्न पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । तर, शुक्रबार दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो ।
Leave a Reply