सिन्धुपाल्चोक । गएरातिको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डअन्तर्गत मेलम्ची–११ मा सडक अवरुद्ध भएको छ ।
सीमखेतनजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका–६ र ७ का स्थानीय प्रभावित भएका छन् ।
पानीको बहाव हेरेर सडक सञ्चालन गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताए ।
Leave a Reply