काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि छलफल गर्ने कार्यदलको बैठक आज बस्दैछ । कार्यदलको बैठक आइतबार बेलुका ४ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्न लागेको हो ।
गएको शुक्रबार बसेको कार्यदलको बैठकमा प्रतिनिधिसभासँगै प्रदेशसभातर्फ पनि गठबन्धन दलहरूबीच सिट बाँडफाँटका विषयमा छलफल भएको थियो ।
दलहरूले आ–आफ्नै दाबी प्रस्तुत गरेको कार्यदल सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका थिए । सोही बैठकबाट आजका लागि बैठक निर्धारण गरिएको हो ।
सबै विषयमा छलफल गरी कार्यदलले छिट्टै शीर्ष तहलाई प्रतिवेदन बुझाउने उनले बताए ।
Leave a Reply