Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • अव्यवस्थित शहरले देशमा चुनौती थपियो : प्रधानमन्त्री देउवा

    अव्यवस्थित शहरले देशमा चुनौती थपियो : प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • शनिबार, ११ भाद्र २०७९
  • 858
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशको दिगो र द्रुत विकासका लागि व्यवस्थित सहरीकरणको आवश्यकता रहेको बताएका छन् । शनिवार बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

    उनले सहरी क्षेत्रमा मानिसहरु धेरै बसोवास गर्न थालेको भन्दै शहरलाई अब व्यवस्थित गर्नुको विकल्प नरहेको उनको भनाई छ ।



    नेपालले पञ्चवर्षीय योजना ल्याउँदा व्यवस्थित शहरको विभिन्न प्रयासहरु गर्दै आए पनि अझै अधिकांश शहरहरु योजनावद्ध तरिकाले बन्न नसकेको बताए । उनले अव्यवस्थित शहरले देशमा चुनौती थपिएको र बस्तीहरु पनि अव्यवस्थित बनेको बताए ।



    प्रधानमन्त्री देउवाले शहरहरुको योजनावद्ध तरिकाले व्यवस्थित गर्नको लागि योजना तर्जुमाको साथै आधुनिक तरिकाको पूर्वाधार विकासमा आवश्यकता रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार