Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • घनश्यामलाई ओलीको जवाफ – तरबार लिएकासँग मित लगाउन सकिँदैन

    घनश्यामलाई ओलीको जवाफ – तरबार लिएकासँग मित लगाउन सकिँदैन

    अनलाइन नेपाल
  • शनिबार, ११ भाद्र २०७९
  • 849
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले राखेको चुनावमा वामपन्थी तालमेलको प्रस्तावमा अध्यक्ष केपी शर्मा ओलीले ‘तरबार लिएकासँग मित लगाउन नसकिने’ जवाफ दिएका छन् ।

    एमालेको चौथो केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा ओलीले भुसाललाई जवाफ दिएका हुन् ।



    नेता भुसालले एमालेको पोलिटब्युरो बैठकमा आगामी चुनावमा एमालेले वामपन्थीसँग तालमेल गर्नुपर्ने र त्यसको नेतृत्व एमालेले गरेर जानुपर्ने प्रस्ताव राखेका थिए ।



    आगामी चुनाव एमालेले हार्ने अवस्था रहेको र वामपन्थी तालमेल गर्दा प्रशस्त सिट जित्ने अवस्था रहेको भुसालले बताएका थिए । अध्यक्ष ओलीले भुसालको प्रस्ताव इन्कार गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार