Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध प्रहरीमा जाहेरी

    कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध प्रहरीमा जाहेरी

    अनलाइन नेपाल
  • शनिबार, ११ भाद्र २०७९
  • 963
    SHARES

    काठमाडौं । नेवा समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी व्यंग्य गरेको भन्दै कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ।

    शनिबार नेवा समुदायका अभियन्ताहरूले परिसर टेकु पुगेर सिंहविरूद्ध जाहेरी दिएका हुन्।



    सिंहको स्ट्यान्डअपको भिडिओ कमेडी क्याफेको युट्युब च्यानलमार्फत् ‘नेवारको परम्परा’ शीर्षकमा हालिएको थियो।



    नेवा समुदायको भाषा, संस्कृति तथा सभ्यतामाथि लक्षित गरी अपमानजनक व्यंग्य गरेको भन्दै जाहेरी परेको हो।

    जाहेरीमा मतियार बनेकाहरूलाई समेत कारबाही गर्न माग गरिएको छ। सिंहले हाँस्यव्यंग्य गर्दा नेपाल भाषा, खाना तथा महिलाहरूमाथि व्यंग्य गरेको आरोप छ। सिंहविरूद्ध ८५ जनाले जाहेरी दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार