Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • पाँच राजनीतिक दलको गठबन्धन प्रभावकारी ढङ्गले अघि बढ्छ : मन्त्री कार्की

    पाँच राजनीतिक दलको गठबन्धन प्रभावकारी ढङ्गले अघि बढ्छ : मन्त्री कार्की

    अनलाइन नेपाल
  • शनिबार, ११ भाद्र २०७९
  • 879
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाँच राजनीतिक दलको गठबन्धन व्यवस्थित एवं प्रभावकारी ढङ्गले अघि बढ्ने बताएका छन् ।

    विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग आज कुरा गर्दै उनले आगामी निर्वाचनका विषयमा गठबन्धन दलले न्यायोचित ढङ्गले उम्मेदवारको सीट बाँडफाँट गर्ने बताएका हुन् ।



    मन्त्री कार्कीले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न पनि गठबन्धन आवश्यक रहेको बताए। नागरिकता विधेयक राष्ट्रपतिबाट केही सन्देशसहित फिर्ता आएको र सो विधेयक प्रतिनिधिसभाबाट पारित भइ राष्ट्रियसभाबाट पनि पारित हुने उनले विश्वास व्यक्त गरे।



    उनले नागरिकता विधेयक सम्बन्धमा राष्ट्रपतिबाट भएको छलफल एवं भेटघाट सामान्य कुरा भएको र राष्ट्रपतिलाई कुनै पनि विषयमा छलफल र परामर्श लिने सुविधा भएको उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार