काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज रुपन्देहीको बुटवल जाँदै छन् । बुटवलउपमहानगरपालिका वार्ड नं. १० रामनगरस्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्न प्रधानमन्त्री देउवा त्यहाँ जान लागेका हुन् ।
बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय सभासम्मेलनलाई मध्यनजर गरेर बुटवलमा यो सम्मेलन केन्द्र दुई चरणमा निर्माण पूरा गर्ने गरी विस २०७१ मा ठेक्का सम्झौता भएको हो ।
थप भएको म्यादअगावै २०७८ असारमै सो केन्द्र निर्माण सम्पन्न गरिएको आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए । पूर्वपश्चिम राजमार्गसँग जोडिएको बुटवल उपमहानगरपालिका(१० रामनगरस्थित बुटवल मण्डपको साढे ९ बिघा क्षेत्रफलमा सम्मेलन केन्द्र बनेको छ ।
यो सम्मेलन केन्द्र नेपालको राष्ट्रिय झण्डा आकृतिमा बनेको छ । सभाहल एक हजार सीट क्षमताको रहेको छ ।
Leave a Reply