काठमाडौं । भिजिट भिसामा सिंगापुर हिँडेका पाँच जनालाई अध्यागमन कार्यालयले उडान अनुमति दिन अस्वीकार गरेको छ ।
उनीहरुको यात्रा ‘शंकास्पद्’ रहेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार उनीहरुलाई ‘अफलोड’ गरेको हो ।
अध्यागमनका एक कर्मचारीका अनुसार अफलोड हुनेमा थाइल्यान्ड हुँदै सिंगापुर हिँडेका पाल्पाका मनिष बहादुर लामिछाने, झापाका जनक अधिकारी र कृष्ण चौधरी, रुपन्देहीका चन्द्रबहादुर बगाले र गुल्मीका इन्द्रबहादुर बिस्ट रहेका छन् ।
भिजिट भिसामा सिंगापुर हिँडेका उनीहरुले भ्रमणको उद्देश्य स्पष्ट पार्न नसकेको अध्यागमनका कर्मचारीहरुले बताएका छन् । शुक्रबार मात्रै छ जना भुटानीलाई ‘डीपोर्ट’ गरिएको थियो । ट्राभल डकुमेन्टमा नेपाल आएका उनीहरुलाई अध्यागमन कार्यालयले थिम्पु नै पठाएको थियो ।
Leave a Reply