Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • बाढी पहिरोबाट ९ सयको मृत्यु भएपछि पाकिस्तानमा राष्ट्रिय सङ्कट घोषणा

    बाढी पहिरोबाट ९ सयको मृत्यु भएपछि पाकिस्तानमा राष्ट्रिय सङ्कट घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 1.5K
    SHARES

    इस्लामावाद । पाकिस्तानमा सरकारले राष्ट्रिय सङ्कट घोषणा गरेको छ । लगातारको बर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरो आएको र मानवीय तथा भौतिक क्षति भएकाले राष्ट्रिय सङ्कट घोषणा गरिएको हो ।

    सरकारले बिहीबार राष्ट्रिय सङ्कट घोषणा गर्दै आफ्ना सबै शक्ति तथा कार्यक्रम प्रभावित क्षेत्र र पीडित जनतामा केन्द्रित गरिने जनाएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो समयमा आएका बाढी पहिरोका घटनामा परी नौ सय ३७ जनाको मृत्यु भएको छ ।



    ती मध्ये तीन सय ४३ जना बालबालिका रहेका छन् । त्यसैगरी बाढी पहिरोका कारण अरु हजारौँ मानिस घाइते तथा विस्थापित भएका छन् भने लाखौँ मानिस प्रभावित भएका छन् ।



    मृत्यु भएका मध्ये सबैभन्दा धेरै सिन्ध प्रान्तमा मृत्यु भएको छ । त्यहाँ ३०६ जनाको मृत्यु भएको पाकिस्तानी गृह मन्त्रालले जनाएको छ । पाकिस्तानमा पछिल्लो समय गत जुन १४ देखि बाढी पहिरोका घटना बढेका छन् ।

    बाढी पहिरोले धेरै क्षति गरेकाले अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको अपेक्षा गरिएको पाकिस्तानी सरकारी अधिकारीहरुले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार