Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • चुनाव चिन्ह ‘गाई’ नदिएपछि अध्यक्ष थापाको आक्रोश – आयोगको स्वेच्छारीता विरुद्ध अदालत जान्छौं

    चुनाव चिन्ह ‘गाई’ नदिएपछि अध्यक्ष थापाको आक्रोश – आयोगको स्वेच्छारीता विरुद्ध अदालत जान्छौं

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 966
    SHARES

    काठमाडौं । निर्वाचन आयोगविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल अदालत जाने भएको छ ।

    राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज ट्विटरमार्फत यस्तो बताएका हुन् । निर्वाचन आयोगले चुनाव चिन्ह ‘गाई’ नदिएपछि राप्रपा नेपाल अदालत जान लागेको हो ।



    ‘कानुनअनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको हो । राप्रपा नेपालले पटकपटक ‘गाई’ चिन्ह अद्यावधिक गर्न दिएको निवेदनको उपेक्षा गर्नु र सर्वोच्च अदालतको अन्तरिम आदेशको समेत अवज्ञा गर्नुमा निर्वाचन आयोगको बदनियत देखिन्छ ।



    आयोगको स्वेच्छारीता विरुद्ध न्यायको निम्ति हामी अदालत जानेछौँ,’ अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार