काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
आज साँझ बालुवाटारमा बसेको बैठकमा दलहरूले आआफ्नै दाबी पेस गरेपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो ।
बैठकमा १६५ वटा निर्वाचन क्षेत्रको पनि समीक्षा भएको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यस्तै नेपाली कांग्रेसले आगामी हुने निर्वाचनमा एक सय सिट दाबी गरेको छ । नेकपा माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टी (जसपा) ले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सिट दाबी गरेको छ ।
यसबारेमा गठबन्धनमा थप छलफल हुने बताइएको छ ।
Leave a Reply