काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटले शिष्टाचार भेटघाट गरेकी छन् ।
गृह मन्त्रालयमा बिहीवार भएको भेटमा दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा छलफल भएको गृहमन्त्रालयले जानाएको छ ।
भेटमा गृहमन्त्री खाँणले बेलायतको सहयोगमा सन् २०१४–२०२१ सम्म आईपीएसएसजे परियोजना सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा राजदूत पोलिटलाई धन्यवाद दिएका थिए ।
भेटमा बेलायती राजदूत पोलिटले नेपालमा संक्रमणकालीन न्यायबारे चासो व्यक्त गरेकी थिइन् । मन्त्री खाँणले राजनीतिक द्वन्द्व व्यवस्थापनका लागि सरकार विभिन्न राजनीतिक समूह र विद्रोहीसँग गरिएका सहमति कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताएका थिए ।
Leave a Reply