काठमाडौं । अग्निपथबारे छलफल गर्न बोलाइएको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित भएको छ ।
२५ सदस्यीय समितिको बैठक बस्नका लागि १३ जना सदस्य उपस्थित हुनु पर्नेमा जम्मा ७ जना मात्र उपस्थित भएपछि बैठक स्थगित भएको हो ।
समितिले छलफलका लागि परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई बोलाएको थियो । तर बैठकमा कोरम पनि पुगेन र मन्त्री खड्का पनि उपस्थित भएनन् ।
बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो । भारतले सैन्यभर्तीका लागि अग्निपथ योजना ल्याएको छ । उसले यो योजना अनुसार नै गोर्खा सैनिक भर्ना गर्ने तयारी गरिरहेका छ ।
Leave a Reply