Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • गोप्य तालिका बनाउँदै एक्सनमा उत्रिए बालेन

    गोप्य तालिका बनाउँदै एक्सनमा उत्रिए बालेन

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । काठमाडौं महानरपालिकाले नक्साअनुसार उपयोग नगरी व्यावसायिक प्रयोजन गरेको भवन भत्काएको छ । पहिलो दिन बानेश्वर क्षेत्रबाट सुरू गरेको अभियान हिजो काठमाडौं मल, आरबी कम्प्लेक्स र दरबारमार्गस्थित लन्डन पब हाउसमा गरेको हो ।

    कामपाका प्रमुख बालेन्द्र साह, उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी र वडाध्यक्ष, कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली बिहानै सुन्धारास्थित काठामाडौं मल पुगेको थियो ।



    मेयर साहले गोप्य तालिका तयार गरी अवैध संरचना भत्काउन थालेका छन् । ३५ दिनअघि दिएको सूचनालाई बेवास्ता गरी बेसमेन्टमा व्यवसाय सञ्चालन गरेपछि महानगरले काठमाडौं मलको दुईतले बेसमेन्ट भत्काएको हो । महानगरले डोजर, क्रेनसहित सामग्री लिएर संचरना भत्काउन पुगेका थियो ।



    कामपा प्रमुख साहले सूचनालाई अटेर गरी मनपरी रूपमा संरचना निर्माण गरेपछि भत्काउन अभियान सुरू गरेको बताउनुभयो । ‘डबल पार्किङ स्पेसलाई व्यवसाय सञ्चालन गरे पनि भत्काएका हौं ।’ –कामपा प्रहरी प्रमुख पाण्डेले भने । काठमाडौं मलको संरचना भत्काएपछि सो टोली खिचापोखरीस्थित आरबी कम्प्लेक्स पुगेको थियो । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार