Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • देउवाले कांग्रेस नेताहरुलाई भने – राष्ट्रपति राजीनामा दिने मूडमा हुनुहुन्छ अब के गर्ने ?

    देउवाले कांग्रेस नेताहरुलाई भने – राष्ट्रपति राजीनामा दिने मूडमा हुनुहुन्छ अब के गर्ने ?

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 984
    SHARES

    काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति राजीनामा दिने मुडमा रहेको खुलासा गरेका छन् । प्रधानमन्त्री देउवाले मंगलबार बिहान सत्ता गठबन्धनको बैठकपछि आफ्नो दलका नेताहरुलाई यस्तो बताएका हुन् ।

    बैठक सकिएपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो दलका नेताहरुलाई इशारा गरे । अरु दलका नेताहरु हिंडेपछि रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की र गगन थापा भित्र पसे ।



    उनीहरुसँग प्रधानमन्त्री देउवाले भने, ‘राष्ट्रपति राजीनामा दिन्छु भनिरहनुभएको छ । दिने मूडमै हुनुहुन्छ भन्ने बुझें मैले । अब के गर्ने ?’



    उक्त प्रश्नको पछि रामचन्द्र पौडेलले भने,‘उहाँलाई राजनीति गरेर पुगेको छैन भन्ने त थाहै थियो । एमालेमा ओलीपछिको नेता चाहिएको छ । बेला यही हो भन्ने उहाँहरुले ठाने जस्तो छ ।’

    राष्ट्रपति भण्डारीको कार्यकाल सकिन लागेको, त्यसमाथि विगतदेखि नै दलीय राजनीतिको औजार बन्दै आएको नागरिकता विधेयकजस्तो संवेदनशील मुद्दामा राष्ट्रप्रमुख नै तानिने अवस्थामा यो मुद्दा आउँदो चुनावको सबैभन्दा गम्भीर सवाल बन्न सक्नेतर्फ कांग्रेस नेताहरुको ध्यान छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले आजै आफ्नो सुरक्षा अधिकारीहरुसँग छलफल गरेका हुन् । बुधबार साँझ राष्ट्रपति भण्डारीले आफ्नो सुरक्षामा खटिएका सुरक्षा अधिकारीहरु र पूर्वसुरक्षा अधिकारीहरूसँग शीतल निवासमा छलफल गरेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार