काठमाडौं । टोखा नगरपालिकाको दुई वडाका केही स्थानमा सिल गरिएको छ ।
टोखा नगरपालिका वडा नं ३ टोखा बजार जाने उकालो नजिक र वडा नं ६ को धनेश्वरबाट ढलमलटार जाने बाटोमा भाडामा बस्ने दुई पुरुषमा कोरोना संक्रमण देखिएपछि उक्त क्षेत्रमा सिल गरिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ संक्रमितमध्ये टोखा नगरपालिकाका दुई रहेका छन् ।
नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका दुई व्यक्तिमा कोरोना सङ्क्रमित देखिएसँगै उक्त क्षेत्रलाई सिल गरिएको जानकारी दिए ।
Leave a Reply