काठमाडौं । मिमोसा ओभरसिज प्रालि संञ्चालक पक्राउ गरेका छन् । अबैध रुपमा मिटरब्याजी धन्दा चलाएको आरोपमा जिल्ल्ला प्रहरी परिसर काठमाडौंले मिमोसाका सञ्चालक खगेन्द्र गुरुङलई पक्राउ गरेको हो ।
गुरुङमाथि अबैध रुपमा मिटरब्याजमा रकम लगाएर साँवाभन्दा आठ गूणा बढी पैसा असुल्ने गरेको आरोप छ । गुरुङले राजधानीको सिनामंगलमा मेनपावर सञ्चालन गर्दै आएका छन् ।
गुरुङविरुद्ध काठमाडौं प्रहरीमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडितले प्रहरीलाई जानकारी गराएअनुसार आठ गुणासम्म ब्याज असुलेका गुरुङले पीडितको सवारीसाधन समेत कब्जा गरेका छन् ।
Leave a Reply