Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • दुबईमा रोजगारीका लागि पुगेका दाङका एक युवकको मृत्यु

    दुबईमा रोजगारीका लागि पुगेका दाङका एक युवकको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 993
    SHARES

    दाङ । वैदेशिक रोजगारीका लागि दुबई पुगेका दाङका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–१ कालितरा घर भई हाल शान्तिनगर गाउँपालिका–६ तिलबारी बसोबास गर्दै आएका २४ वर्षीय जगत वली रहेका छन्।

    वली ५ महिनाअघि वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक दुबई गएका थिए। वली करिब १ महिनादेखि परिवारसँग पनि सम्पर्कविहीन भएका थिए।



    वलीसँग कम्पनीमा काम गर्ने साथीहरुले भने भलिबल खेल्न गएको बेला कम्पनीबाट भागेको घरपरिवारलाई जानकारी दिएका छन्। बेला बेलामा वलीको फोन नम्बर र फेसबुक खुल्ने गरेपनि परिवारमा सम्पर्क नगरेको उनको परिवारले बताएको छ।



    कम्पनीमा काम गर्ने साथी तथा अन्य व्यक्तिले वलीको हत्या गरेको हुन सक्ने परिवारले आशंका गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार