काठमाडौं । सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज पनि बस्दैछ । मापदण्डलाई अन्तिम रुप दिन कार्यदलको बैठक आज साँझ ५ बजे बस्न लागेको हो ।
मंगलबार बसेको शीर्ष नेताहरुको बैठकले कार्यदललाई बिहीबारभित्र मापदण्डको टुंगो लगाउन दवाब दिएको थियो । जनमोर्चाका नेता तथा कार्यदल सदस्य हिमलाल पुरीले ९ गतेभित्र कार्यदलले मापदण्डको टुंगो लगाउने दाबी गरेका थिए ।
मंगलबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष टुंगिएको छ । मंगलबारको बैठकमा शारीरिक अस्वस्थताका कारण कार्यदल संयोजक कृष्ण सिटौला अनुपस्थित थिए ।
विभिन्न मोडालिटीमा छलफल गरिरहेको कार्यदल ०७४ को चुनावको प्रत्यक्ष, समानुपातिक तथा गएको स्थानीय निर्वाचनको नतिजाको आधार र पार्टीको पकड क्षेत्रका आधारमा मापदण्ड तयार पार्ने कसरतमा छ ।
Leave a Reply