सुनसरी । बाबु(आमालाई नियन्त्रणमा लिएर बालिका छोरीमाथि सामूहिक बलात्कार गरेको घटनाका एक जना अभियुक्त सुनसरीबाट पक्राउ परेका छन् ।
जिल्लाको बराहक्षेत्र नगरपालिका–५ का सुरज विश्वकर्मालाई १८ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार १४ वर्षिया किशोरीलाई आफ्नै घरमा ४–५ जनाको समूहमा आएका सुरज समेतका व्यक्तिहरूले सामूहिक रूपमा जबरजस्ती करणी गरी फरार भएको थिए ।
सो घटनामा संलग्न भएको भन्दै विश्वकर्मालाई सर्वोच्च अदालतले ९ वर्ष ५ महिना १९ दिन कैद ठहर गरेको थियो ।
लुकिछिपी बसेको अवस्थामा प्रहरीले बराहक्षेत्र–५ भरौलबाट पक्राउ गरेको हो । पक्राउ परेका विश्वकर्मालाई कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको छ ।
Leave a Reply