Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • देशभरबाट मिटरब्याजीविरुद्ध १९ सय ३७ उजुरी

    देशभरबाट मिटरब्याजीविरुद्ध १९ सय ३७ उजुरी

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । मिटरब्याजीविरुद्ध देशभरका स्थानीय प्रशासनमा १९ सय ३७ वटा उजुरी परेको छ । मन्त्रालयको आह्वानपछि १९ सय ३७ वटा उजुरी दर्ता भएका छन् ।

    गृह मन्त्रालयले मिटर ब्याजबारे छानविन र कारबाही गर्न गठन गरेको कार्यदलले भदौ ५ भित्र उजुरी दिन आग्रह गरेको थियो । मिटरब्याजबाट पीडित भएको भन्दै सवैभन्दा धेरै उजुरी मधेशबाट सवैभन्दा धेरै उजुरी परेको छ ।



    मधेशमा १३ सय ३० वटा उजुरी परेका छन् । बागमती प्रदेशमा २ सय २ वटा र लुम्बिनी प्रदेशमा २११ वटा उजुरी परेको छ । प्रदेश–१ मा ९२ वटा, गण्डकी प्रदेशमा ३५, कर्णालीमा २२ र सुदुरपश्चिममा ४५ वटा उजुरी परेको छ ।



    मुलुकभर नै मिजरब्याजीको जालो फैलिएको हुनसक्ने भन्दै प्रधानमन्त्री शेर बहादुर देउवाले सो समस्या समाधान गर्न गृहमन्त्री र सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर निर्देशन दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार