Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा उप्रेती

    वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा उप्रेती

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 918
    SHARES

    काठमाडौं । सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा.द्वारिका उप्रेतीलाई नियुक्त गरेको छ ।

    सोमबार बसेको मन्त्रीपरिषद्‌को बैठकले बोर्डको कार्यकारी निर्देशकमा उप्रेतीलाई नियुक्त गरेको हो ।



    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यकारी निर्देशक नियुक्तिका लागि सरकारसमक्ष ३ जनाको नाम सिफारिस गरेको थियो। उप्रेतीसिहत निर्मलकुमार उप्रेती र युवराज बस्नेत सिफारिसमा परेका थिए ।



    कार्यकारी निर्देशकमा आवेदन दिएकामध्ये ६ जना उम्मेदवारको दरखास्त स्वीकृत भएको थियो । २० जेठमा पदपूर्तिका लागि सिफारिस समितिले सूचनामा प्रकाशित गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार