Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • लकडाउनमा डरलाग्दा दुर्घटना : दुई दिनमा मात्र १० जनाको मृत्‍यु

    लकडाउनमा डरलाग्दा दुर्घटना : दुई दिनमा मात्र १० जनाको मृत्‍यु

    अनलाइन नेपाल
  • सोमबार, १२ जेष्ठ २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं। देशभर छुट्टाछुट्टै दुर्घटनामा परि दुई दिनमा मात्र १० जनाको मृत्‍यु भएको छ। केन्द्रिय प्रहरी समाचार कक्षका अनुसार लकडाउनको बेला दुई दिनमा मात्र उक्त दुर्घटना भएका हुन।

    सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ किप्चे बस्ने छबिलाल स्याङ्बोको छोरा ८ वर्षीय आयुष स्याङ्बोको भरुवा बन्दुक पड्किँदा आइतबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँ बस्ने १२ वर्षीय बालकले आफ्नो घरमा लोड गरी राखेको भरुवा बन्दुक झिकी आयुषको घरमा लगि खेल्ने क्रममा अचनाक पड्किँदा आयुषको घट्नास्थलमै मृत्यु भएको हो ।



    पाँचथर, देउमाई नगरपालिका-१ राकेस्थित सडकमा मे.१ ख १८६३ नम्बरको ट्रकको ठक्करबाट हाल वतन नखुलेका नविन बस्नेतको आइतबार दिउँसो मृत्यु भएको छ ।



    कपिलवस्तु, बुद्धभूमि नगरपालिका-९ चौवन्नपुरमा ना.४ ख २६७४ नम्बरको ट्रकले बा.२ ज ५१९५ नम्बरको कारलाई सोमबार बिहान ठक्कर दिँदा कारमा सवार बर्दिया बासगढी नगरपालिका-४ बस्ने ७ वर्षीय जिरजन चौधरीको मृत्यु भएको छ ।

    सप्तरी, अग्निसाइर कृष्णासावरण गाउँपालिका-१ जन्डोलस्थित सडकमा  नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी १९ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको छ ।

    मोरङ, कानेपोखरी गाउँपालिका-५ स्थित सडकमा को.२ त २४५९ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय प्रविन राईको सोमबार बिहान मृत्यु भएको छ ।

    मृत अवस्थामा फेला

    काठमाडौं, कीर्तिपुर नगरपालिका-१० नयाँबजारस्थित मंगल माध्यामिक विद्यालयलको मूलगेट अगाडि पेटीमा धादिङ घर भएका ६० वर्षीय सूर्य बहादुर तामाङ आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

    जाजरकोट, भेरी नगरपालिका-१२ खोदाखोलास्थित भेरी नदीको बिच बगरमा रुकुम (पश्चिम) चौरजहारी नगरपालिका-१ लामिछाने गाउँ बस्ने २० वर्षीय टिकाराम नेपाली आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
    चट्याङ लागेर मृत्यु
    मौलापुर नगरपालिका-८ सोनार्निया बस्ने ४५ वर्षीय रामाकान्त वैठाको चट्याङ लागेर आइतबार राति मृत्यु भएको छ । आफ्नै घर बाहिर बसिरहेको अवस्थामा अचानक चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । साथै चट्याङ लागेर घाइते भएका सोही ठाउँ बस्ने ४० वर्षीय रामानारायण पटेलको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
    करेन्ट लागेर मृत्यु
    सिरहास्थित औरही गाउँपालिका-३ पिप्रा टोल बस्ने ७५ वर्षीय सुवेलाल यादवको करन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । पिप्राबाट किसनपुरतर्फ जाँदै गर्दा सोही स्थानमा चुँडिएर खसेको ११ हजार भोल्टको बिजुलीको तारबाट करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
    त्यस्तै, आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा उदयपुरस्थित रौतामाई गाउँपालिका-८ झिरुडाँडा बस्ने ५२ वर्षीय बिष्णु तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार