Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • गणेश लामाको नाम लिएर मिटरब्याजमा रकम असुल्ने धिरज वली पक्राउ

    गणेश लामाको नाम लिएर मिटरब्याजमा रकम असुल्ने धिरज वली पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । काठमाडौं जिल्ला प्रहरी परिसरले पैसा सापटी दिएर मिटरब्याजमा रकम असुलेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

    आफूलाई नेपाली कांग्रेसका नेता गणेश लामाको मान्छे बताउने धिरज वलीलाई प्रहरीले राजधानीको कोटेश्वरबाट पक्राउ गरेको हो ।



    वलीमाथि एक व्यक्तिलाई पैसा सापट दिएर मिटरब्याजमा रकम असुल्न धम्की दिएको आरोप छ । २३ लाख रुपैयाँ ऋण दिएका वलीले एक करोड ४१ लाख रुपैयाँ असुलेर पनि अझै पैसा बाँकी भएको भन्दै धम्की दिंदै आएको पीडितले प्रहरीलाई जानकारी दिएका थिए ।



    लाख दिएर करोडौं असुलेका वलीले पीडितको चेक समेत अझै फिर्ता गरेका छैनन् । उनले उल्टै चेक बाउन्स गर्छु भन्दै धम्क्याउने गरेको पीडितका एक आफन्तले बताए ।

    यसैबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका लामाले भने धिरज वलीलाई आफूले नचिन्ने प्रतिक्रिया दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार