Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • भक्तपुरमा युवतीमाथि ‘ग्याङ रेप’, एक पक्राउ

    भक्तपुरमा युवतीमाथि ‘ग्याङ रेप’, एक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १२ जेष्ठ २०७७
  • 2.7K
    SHARES

    भक्तपुर। भक्तपुरमा एक महिलामाथि सामुहिक बलात्कार भएको छ। २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मध्यपुरठिमी नगरपालिका-६ पुरानोठिमी बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका घर भएका २९ वर्षीय कवाङ लामालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

    केन्द्रिय प्रहरी समाचारक्षका अनुसार मध्यपुरठिमी नगरपालिका-६ पुरानोठिमी डेरा गरी बस्ने २२ वर्षीय रोहित गिरीले ती महिलालाई ललाई फकाई आर्थिक प्रलोभनमा पारी आफ्नो डेरामा लगि जबरजस्ती करणी गरेपछि लामा समेतका अन्य ४ जनालाई समेत बोलाई पालैपालो रातभर जबरजस्ती करणी गरी फरार भएका थिए।



    महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये लामालाई भक्तपुर पुरानोठिमी एरियामा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।



    घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार