Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • माओवादी अध्यक्ष प्रचण्ड भन्छन् – निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही हुन्छ

    माओवादी अध्यक्ष प्रचण्ड भन्छन् – निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही हुन्छ

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 690
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही हुने बताएका छन् ।

    पार्टी कार्यालय पेरीसडाँडामा समिति संयोजक टंक राइले पेश गरेको प्रतिवेदन बुझ्दै प्रचण्डले प्रतिवेदन पदाधिकारीका बीचमा छलफल हुने र आवश्यक कारबाही अघि बढाइने बताएका हुन् ।



    पार्टीभित्रको अन्तर्घातबारे छानविन गर्न गठित समितिको प्रतिवेदन अनुसार कारबाही प्रकृया अघि बढाइने उनले बताए ।



    पार्टीलाई अनुशासीत बनाउन प्रतिवेदनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ।

    प्रचण्डले राजनीतिलाई सहि ढंगले अघि बढाउन र राजनीतिमा देखिएको विकृति विसंगतिलाई समाधान गर्न प्रतिवेदनको अर्थ रहने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार