Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • नेपालको अन्तर्राष्ट्रिय सम्बन्धबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

    नेपालको अन्तर्राष्ट्रिय सम्बन्धबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 951
    SHARES

    काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठानले भदौ १० देखि १२ सम्म नेपालको अन्तर्राष्ट्रिय सम्बन्धवारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । प्रतिष्ठानका निर्देशक डा. दीपककुमार अधिकारीले सोमबार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले १० भदौमा उद्घाटन गर्ने सम्मेलनको समापन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको छ । सम्मेलनमा अन्तर्राष्ट्रिय सम्बन्धमा अध्ययन र कार्य गरिरहेका ४० वर्षमुनिका विज्ञहरू सहभागी हुनेछन् । भारतबाट ३८ जना विज्ञ आउनेछन् । जम्मा ७० जना विज्ञ सहभागी हुनेछन् ।



    नयाँ विश्व व्यवस्थामा नेपालको विदेश नीतिबारे कार्यक्रमले दिशानिर्देश गर्ने कार्यक्रमका संयोजक विनयकुमार मिश्रले जानकारी दिए ।



    सेमिनारमा वातावरण, संस्कृति, विश्व राजनीति, सुरक्षा, शान्ति, स्थिरता, व्यापार, प्रविधिलगायतका विषयमा बेग्लाबेग्लै सत्रमा छलफल हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार