काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको सरुवा गरेको छ।
मन्त्रालयले सप्तरी, बाँके, जुम्ला र पर्वतका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको जनाएको छ । सप्तरीमा शंकर आचार्य, जुम्लामा भुपेन्द्र थापा र पर्वतमा शम्भु रेग्मीलाई सरुवा गरिएको छ ।
त्यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्कालाई गृह मन्त्रालयमा तानिएको छ भने स्याङ्जामा कार्यरत रामबहादुर कुरुम्बाङलाई बाँकेको जिम्मेवारी दिइएको छ ।
त्यस्तै सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनील खनाललाई अध्यागमन विभागमा ल्याइएको गृहमन्त्रालयले जनाएको छ ।
Leave a Reply