काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ३ बजे बस्ने भएको छ ।
सोमबार गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सीट बाँडफाँट गर्ने बैठकको एजेन्डा रहेको जनाइएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीट बाँडफाँँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ ।
Leave a Reply