काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले गुल्मी २ मा नेकपा एमालेको विरासत तोडेर देखाउने घोषणा गरेकी छन् ।
गठबन्धन दलभित्र सीट बाँडफाँट नटुंगिदै झाँक्रीले आइतबार यस्तो घोषणा गरेकी हुन् ।
सामाजिक सञ्जालमा उनले आफ्नो तस्बिरसहित पोस्ट गर्दै भनेकी छन् ‘हजुरहरुको साथ र सहयोगले यो कुरालाई पूर्णता दिन्छ । गुल्मी क्षेत्र नम्बर २ मा एमालेको विरासत तोडेर देखाउँछु ।”
यसअघि पनि गठबन्धन दलभित्र गुल्मी २ बाट उठ्ने विषयमा छलफल भइरहेको जानकारी गराएकी थिइन् । झाँक्री गुल्मीकी स्थायी बासिन्दा हुन् ।
Leave a Reply