दैलेख । नागरिकतामा अपमानजनक नाम राखिएका दैलेखका दुवैको नाम सच्याइएको छ।
नेपाली नागरिकतामा ‘कुकूर कामी’ लेखिएका कविराम कामी र ठगे कामी लेखिएका कर्णबहादुर विकको नागरिकता सच्चिएको हो।
साविक मेहेलतोली गाविस-६ हाल भगवतीमाई गाउँपालिका-३ मेहेलतोलीका कविराम र साविक कट्टी गाविस-६, हाल भगवतीमाई गाउँपालिका ५ का कर्णबहादुरको नयाँ नागरिकताको प्रमाणपत्र जारी भएको हो।
आइतबार जिल्ला प्रशासन कार्यालयले अपमानजनक नाम सच्चाएर नयाँ नागरिकता जारी गरेको हो।
Leave a Reply