काठमाडौँ । प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले संयुक्त रुपमा आयोजना गरेको लिटिल आइडल २०२२ को उपाधी युरो स्कुल हात्तिगौंडामा कक्षा आठमा अध्ययनरत आयुश्री घिमिरेले जितेकी छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा आयुसीले शीर्ष उपाधिसहित ३० हजार रुपैयाँ पुरस्कार एवं प्याब्सन काठमाडौंको तर्फबाट एक वर्षको छात्रावृत्ति प्राप्त गरेकी छन् ।
जमलस्थित सांस्कृतिक संस्थानमा भएको प्रतियोगितामा बागमती बोर्डिङ हाईस्कुल सुकेधाराकी प्रश्मी रत्न फस्ट रनरअप, नेशनल ब्लुमिङ फ्लावर एकेडेमी बुढानिलकण्डकी बिहानी गुरुङ मिस लिडरसिपसहित सेकेन्ड रनरअप घोषित भए ।
प्रश्मीले २० हजार रुपैयाँ र बिहानीले १० हजार रुपैयाँसहित दुवैजनाले एक- एक वर्षको छात्रवृत्ति प्राप्त गरेका छन् ।
Leave a Reply