Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरिदै

    कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरिदै

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 915
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको अहिले पशुपति आर्यघाटमा अन्तिम बिदाइ चलिरहेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपाबाट निस्किएको शवयात्रा पशुपति आर्यघाट पुगेसँगै अन्तिम बिदाइ थालिएको हो।

    नेता गिरिको अन्तिम बिदाइका लागि हजारौँ शुभेच्छुक, सर्वसाधारण र कांग्रेस कार्यकर्ता आर्यघाट पुगेका छन्।



    पशुपति उनलाई कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितले अन्तिम श्रद्धाञ्जली दिँदैछन्। गिरिको अन्तिम बिदाइका क्रममा नेपाल प्रहरीको एउटा टुकडीले अन्तिम सलामी दिने भएको छ।



    गिरिको ७५ वर्षको उमेरमा शनिबार राति मेडिसिटी अस्पतालमा निधन भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार