काठमाडौँ । नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी कार्यालय सानेपाबाट हिँडाइएको छ। गिरिको पार्थिव शरीरलाई आइतबार ११ बजेदेखि पार्टी कार्यालयमा राखिएको हो।
क्यान्सर रोगबाट पीडित नेता गिरिको उपचारका क्रममा गएराति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमानिधन भएका थियो।
आइतबार श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय नेताहरु सहित विभिन्न पार्टीका नेता तथा शुभचिन्तकहरु सानेपा पुगेका थिए। नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका नेताहरु पनि गिरिको शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगेका थिए।
श्रद्धाञ्जली कार्यक्रम सकिएसँगै उनको शव अहिले पशुपतितर्फ लगिदैंछ।
Leave a Reply