Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • सुरेन्द्र पाण्डे भन्छन् – पार्टी विभाजन र गठबन्धनले एमाले अप्ठ्यारो परिस्थितिमा छ

    सुरेन्द्र पाण्डे भन्छन् – पार्टी विभाजन र गठबन्धनले एमाले अप्ठ्यारो परिस्थितिमा छ

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 813
    SHARES

    पोखरा । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी विभाजन र गठबन्धनले एमाले अप्ठ्यारो स्थितिमा रहेको बताएका छन् ।

    प्रेस चौतारी कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले यस्तो बताएका हुन् ।



    अप्ठ्यारो परिस्थितिका बाबजुद एमाले चुनावको तयारीमा रहेको पाण्डेले बताए ।



    नेकपा विभाजनको क्रम सँगसँगै एमालेभित्र पनि विभाजनको स्थिति उत्पन्न भएको, सानै हिस्सा वा सानै संख्यामा गएको भए पनि त्यसले विभाजनको छाप छाडेको र जनतामा प्रभाव पनि परेको पाण्डेको भनाइ छ ।

    पार्टी विभाजन र गठबन्धनबाट पर्न सक्ने प्रभावको अध्ययन गरिरहेको र त्यसलाई कसरी परास्त गर्ने भन्ने प्रयासमा पनि एमाले रहेको पाण्डेले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार