काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधन भएको शोकमा सिरहाको लहान नगरपालिकाले दियो शोक बिदा दिएको छ ।
लहान नगर प्रमुख महेश चौधरीले नेता गिरीको निधनमा नगरपालिकाले आज शोक बिदा दिएको बताए ।
२०७४ को निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।
गिरीको उपचारका क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे निधन भएको थियो ।
नेपाली कांग्रेसले पशुपतिमै उनको अन्तिम संस्कार गर्ने निर्णय गरेको छ ।
Leave a Reply