Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • सोमालियामा होटल बन्धक प्रकरणको हिंसात्मक अन्त्य

    सोमालियामा होटल बन्धक प्रकरणको हिंसात्मक अन्त्य

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 1.4K
    SHARES

    एजेन्सी । सोमालियाको राजधानी मोगादिसुमा ३० घण्टासम्म चलेको होटल बन्धक प्रकरणको हिंसात्मक अन्त्य भएको छ ।

    हायात होटलमा शुक्रबार बलजफ्ती प्रवेश गरेका आतंकवादीहरुले होटलका सम्पूर्ण पाहुनाहरुलाई बन्धक बनाएका थिए । प्रहरीको जवाफी कारबाहीपछि स्थिति हिंसात्मक बनेको थियो ।



    प्रहरीले शनिबार राति बन्धक प्रकरण अन्त्य भएको घोषणा गरेको हो । प्रहरीले यो दौरान कम्तिमा १२ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।



    आतंकवादी समूह अल शबाबले आक्रमणको जिम्मेवारी लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार