Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • श्रद्धाञ्जली दिने ऐन महरलाई बाबुरामको यस्ताे चेतावनी

    श्रद्धाञ्जली दिने ऐन महरलाई बाबुरामको यस्ताे चेतावनी

    अनलाइन नेपाल
  • सोमबार, १२ जेष्ठ २०७७
  • 7.1K
    SHARES

    काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले अनेरास्ववियूका संयोजक ऐन महरलाई प्रधानमान्त्री केपी शर्मा ओलीको अरिंगाल भन्दै आक्रोश व्यक्त गरेका छन् ।

    यसअघि महरले आफूलाई श्रद्धाञ्जली व्यक्त गरेको विषयलाई लिएर डा. भट्टराईले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक महरमाथि आक्रोश व्यक्त गर्दै ओलीका अरिंगाल सेना अहिले आएर ‘श्रद्धान्जली’ व्यक्त गरेको उल्लेख गरेका छन् ।



    आज विहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गरी डा. भट्टराईले ट्वीट गर्दैं भनेका छन्–‘ यही त हो ‘सौ चुहा खा के बिल्ली हज करने चली’ भनेको । त्यतिबेला हामीमाथि खुकुरी प्रहार गर्ने केपी शर्मा केपी शर्मा ओलीको अरिंगाल सेना अहिले आएर ‘श्रद्धान्जली’ दिंदैछ । इतिहासले यी सबै कुराको हिसाबकिताब अवश्य राख्नेछ । हामी स्वाधीनता,संघीयता,सुशासन,समृद्धि र समाजवादको यात्रामा निरन्तर लाग्नेछौं ।’



    यसअघि संयोजक महरले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईको आलोचना गर्दै श्रद्धाञ्जली दिएका थिए।

    उनले लेखेका थिए–‘धेरै पढे विद्धान हुन्छ, विद्धान बिग्रे बाबुराम हुन्छ भन्थे पुष्टि हुँदैछ । यी गद्दार दलाल राष्ट्रघातीलाई हार्दिक श्रद्धाञ्जली ।’

    त्यसअघि डा. भट्टराईले ‘नेकपाको ओली गुटभित्र विवेक भएका मान्छे बाँकी छैनन्रु विदेशमा काम गर्ने लाखौं श्रमिक स्वदेश फर्किरहेछन्सतिनको परीक्षणरव्यवस्थापन हुन सकेको छैन।अरिंगाल सेनालाई प्रतिपक्षीको खेदो खन्नु सट्टा मौरी सेनामा बदलेर कोरोना विरूद्ध लडाईंमा लाउन सकिन्नरु मान्छे नरहे पहाड मात्रले राष्ट्र बन्ला ?’ भन्दै ट्वीट गरेका थिए ।

    त्यसपछि महरले श्रद्धाञ्जलीसहितको स्टेटस लेखेका थिए । यद्यपी महरले भने उक्त स्टेटसलाई सच्याइ सकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार