Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था जटिल बन्दै

    कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था जटिल बन्दै

    अनलाइन नेपाल
  • शनिबार, ४ भाद्र २०७९
  • 975
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ ।

    कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले आज एक विज्ञप्ति जारी गरी ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका हुन् ।



    ‘कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको उपचार खटिएका चिकित्सक र परिवारबाट जानकारी प्राप्त भएको छ’, संसदीय दलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।



    कांग्रेस संसदीय दलले नेता गिरिको स्वास्थ्य लाभको प्रार्थनासमेत गरेको छ। भारतमा लामो समय उपचार गरेपछि गिरिलाई करिब तीन सातादेखि मेडिसिटीमा राखेर उपचार गरिँदै आएको छ। भारतमा गिरिको क्यान्सरको उपचार भएको थियो।

    गिरिको स्वास्थ्य अवस्था बुझ्न शनिवार राष्ट्रपति विद्यादेवी भण्डारी, गृहमन्त्री बालकृष्ण खाण लगायत विभिन्न दलका नेताहरु मेडिसिटी पुगेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार