Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • मिटरब्याजीविरुद्ध उजुरी दिन कैलाली प्रशासनको आग्रह

    मिटरब्याजीविरुद्ध उजुरी दिन कैलाली प्रशासनको आग्रह

    अनलाइन नेपाल
  • शनिबार, ४ भाद्र २०७९
  • 2.1K
    SHARES

    कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले मिटर ब्याज पीडितहरूलाई उजुरी दर्ताको लागि आह्वान गरेको छ ।

    एक सूचना जारी गर्दै तथ्य प्रमाणसहित पीडितहरूलाई मिटरब्याजीविरुद्ध उजुरी दर्ताका लागि आह्वान गरेको हो ।



    देशभरि मिटरब्याजका कारण धेरै जनाको बिचल्ली भएको गुनासो र घटना दोहोरिन थालेको सन्दर्भमा स्थानीय प्रशासनले ‘मिटरब्याजको आर्थिक अपराधमा संलग्न अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउन’ पीडितलाई छिटो उजुरी गर्न आह्वान गरेको हो ।



    मिटरब्याजीहरुले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरूमाथि परिस्थितिको लाभ उठाउँदै गरेको शोषणको शृङ्खलाले सयौँ परिवारको बिचल्ली भएका समाचारहरू प्रकाशन भइरहेको परिपेक्षमा उजुरी दर्ता गर्न आग्रह गरिएको प्रशासन कार्यालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार