एजेन्सी । सोमालियाको राजधानी मोगादिसुको एउटा होटलमा आतंककारीको आक्रमणमा १० जनाको मृत्यु भएको छ । गएराति आतंककारी समूह अल–शबाबको आक्रमणमा केही घाइते भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।
प्रहरीअनुसार आक्रमणकारीले भवनभित्र पसेर गोली चलाउनुअघि होटल बाहिर दुईवटा बम विस्फोट गराएका थिए । प्रहरीको विशेष टोलीले दर्जनौं पाहुना र कर्मचारीको होटलबाट उद्धार गरेको बताइएको छ ।
उक्त होटल संघीय सरकारका कर्मचारीको भेटघाटलाई लोकप्रिय स्थानको रूपमा चिनिन्छ । सामाजिक सञ्जालमा भाइरल भइरहेका अप्रमाणित तस्बिरमा होटेलबाट धुवाँ निस्किरहेको देखाइएको छ ।
होटल हायातलाई लक्षित गरी दुईवटा कार बम विष्फोट गराइएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अल–कायदाको सहयोगी, अल–शबाब संघीय सरकारसँग लामो समयदेखि चलिरहेको द्वन्द्वमा संलग्न छ ।
Leave a Reply