Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • भारतद्वारा विदेशमा अलपत्र चार नेपाली नागरिकलाई उद्धार

    भारतद्वारा विदेशमा अलपत्र चार नेपाली नागरिकलाई उद्धार

    अनलाइन नेपाल
  • सोमबार, १२ जेष्ठ २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । भारतले अष्ट्रेलिया र इण्डोनेशियामा अलपत्र परेका आफ्ना नागरिकहरुलाई उद्धार गर्ने क्रममा ४ नेपालीलाई पनि उद्धार गरेर भारत ल्याएको छ।

    भारतले अष्ट्रेलियाबाट आफ्ना नागरिकहरुलाई उद्धार गर्ने क्रममा कास्की घर भएका तीन जना नेपालीलाई पनि नयाँदिल्ली ल्याएको हाे। कास्की घर भएका अर्जुन प्रसाद तिमिल्सिना, विश्व तिमिल्सिना र मुक्तिप्रसाद तिमिल्सिनालाई भारतीय नागरिकहरुसँगै नयाँदिल्ली ल्याइएको हो ।



    कास्की घर भएका तीन जना र चितवन घर भएकी एक जना नेपाली विद्यार्थीलाई आफ्ना नागरिक उद्धार गर्न जाँदा त्यहाँ स्थित नेपाली दूतावासको आग्रहपछि आफ्ना नागरिकसँगै नयाँदिल्ली ल्याएको हो ।



    साथै चितवन रत्ननगरकी एक नेपाली विद्यार्थी सेविका ढकाललाई पनि आफ्ना नागरिकसँगै भारत ल्याएको हो । चितवन रत्ननगरकी सेविका भारतस्थित महर्षी मार्कण्डेय विश्वविद्यालयमा बिबिए अध्यनरत सेविका विद्यार्थी एक्सचेन्ज कार्यक्रम अन्तर्गत आफ्नो विश्वविद्यालयलाई प्रतिनिधित्व गर्दै ईण्डोनेशीयाको एरिलंगा विश्वविद्यालय पुगेकी थिइन् । उनलाई पनि भारतीय नागरिकसँगै भारत ल्याइएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार