Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नागरिक विधेयक जस्ताको त्यस्तै पारित हुनेमा विश्वस्त छु : सञ्चारमन्त्री कार्की

    नागरिक विधेयक जस्ताको त्यस्तै पारित हुनेमा विश्वस्त छु : सञ्चारमन्त्री कार्की

    अनलाइन नेपाल
  • शनिबार, ४ भाद्र २०७९
  • 879
    SHARES

    फाइल तस्विर

    सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक जस्ताको त्यस्तै पारित हुने बताएका छन् ।

    शनिवार सुनसरीको वराहक्षेत्र नगरपालिका– १० मा नेपाल टेलिकमको फाइबर नेट सेवाको शुभारम्भ गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।



    उनले संसद्ले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको विधेयक फिर्ता आएपनि पुनः पठाउने बताए । उनले यसपटक भने नागरिक विधेयक जस्ताको त्यस्तै पारित हुनेमा विश्वस्त रहेको बताए ।



    मन्त्री कार्कीले यो टकरावको बेला नभएकोले मुलुकलाई एकता, सद्भाव र आन्तरिक एकतालाई अझ मजबुत गरेर जानुपर्ने बताए ।

    उनले राष्ट्रपतिलाई फेरि विधेयकलाई फिर्ता गर्ने संवैधानिक अधिकार रहेको तर राष्ट्रपति संस्थाबाट गल्ती नहुनेमा सरकार विश्वस्त रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार